काठमाडौं । सरकारले शनिबार आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरेको बजेट मध्ये १० खर्ब २४ अर्ब ९० करोड राजश्वमार्फत संकलन हुने सरकारको अनुमान छ ।
वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड व्यहोरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट बक्तव्य मार्फत उल्लेख गरेका छन् । राजश्व र वैदेशिक अनुदानबाट अपुग रकम बाह्य र आन्तरिक ऋणबाट सोधभर्ना गर्ने सरकारको लक्ष्य छ ।
जसमध्ये ५ खर्ब ५९ अर्ब न्युन हुन्छ । यो अपुग रकम मध्ये ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ वैदेशिक ऋणबाट र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब व्यहोरिने उल्लेख गरिएको छ ।
Comments are closed.