काठमाडौं । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले सरकारले करमात्रै नठाई निजी क्षेत्रलाई बचाउनुपर्ने धारणा राखेका छन् । निजी क्षेत्रलाई बचाउन सरकारले केही गर्नुपर्ने उनले बताएका छन् ।
सरकारले ल्याएको बजेटबाट निराश निजी क्षेत्रलाई मौद्रिक नीतिको झिनो आशा बाँकी रहेको बतासको भनाइ छ । कोरोनाले थलिएको अर्थतन्त्रमा बाढी पहिरोले थप प्रहार गरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
आर्थिक वर्ष २०७७÷७८ को पहिलो दिन बिहीबार उनले फेसबुकमार्फत भनेका छन्, ‘आज नयाँ आर्थिक वर्षको पहिलो दिन । कोरोना कहरले थलिएको अर्थतन्त्रमा बाढी पहिरोले थप प्रहार गरिरहेको अवस्था । अर्थतन्त्र पुनरुत्थानका लागि बजेटले निराश निजी क्षेत्रलाई झिनो आशा मौद्रिक नीतिको । राजनीतिक संकेत पनि त्यति शुभ छैनन् । कोरोनाले कति व्यवसायी पलायन भए, कतिले संघर्ष गर्न सके, कुनै हिसाबसम्म छैन । सरकार भनेको कर उठाउने मात्र हैन, निजी क्षेत्र बचाउने पनि हो । लौन, केही गर्नैप¥यो ।’



Comments are closed.