सरकारी पोसाक भत्ताको रकम सदुपयोग किन भएन ?

काठमाडौं, ७ भदौ । पोसाक भत्ता शीर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन नसकेको समाचार आजको नेपाल समाचारपत्रमा छ ।
कार्यालय समयमा अधिकांश कर्मचारीले पोसाक नलगाएपछि सदुपयोग हुन नसकेको हो ।

कर्मचारी र सेवाग्राही छुट्याउन सजिलो होस् भनेर सरकारले पोसाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरे पनि कार्यान्वयनमा कठिनाइ देखिएको समाचारमा उल्लेख छ ।

सरकारले बार्षिक पोसाक भत्ता शिर्षकमा प्रतिव्यक्ति एक जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

You might also like

Comments are closed.