सरकार आफैले किन्दैछ तीन सयवटा बिजुली बस

काठमाडौं, १३ पुस । सरकारले आफ्नै लगानीमा तीन सय वटा बिजुली बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबारको बैठकले काठमाडौं उपत्यकामा चलाउन बस किन्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

काठमाडौं उपत्यकामा बढ्दो जाम र प्रदूषण कम गर्न बिजुली बस ल्याउन लागिएको उनले बताए । ‘सार्वजनिक यातायात र विद्युतीय सवारीसाधन प्रोत्साहन गर्न यो नीति सरकारले लिएको हो,’ मन्त्री बास्कोटाले भने । त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले पेश गरेको ‘सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी अवधारणापत्र’ पनि स्वीकृत गरिएको उनले जानकारी दिए । यातायात क्षेत्रका समस्या सल्टाउने उद्देश्यसहित मन्त्रालयले यो अवधारणापत्र पेश गरेको हो ।

You might also like

Comments are closed.