सरकार गठन भएको ११ महिना, भयो २९ राम्रा काम

काठमाडौं, ५ माघ । फागुन ३ गते २०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकाले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकारको प्रशंसाभन्दा आलोचना धेरै भयो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन महत्वका केही काम पनि गरेका छन् । पुराना बेथिति भत्काउँदै केही नवीन कामको प्रयास गरेको छ । योगदानमा आधारित सार्वजनिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानको ऋण मिनाहसम्मका काम सरकाले गरेको छ । झण्डै एक वर्षको अवधिमा सरकाले केही राम्रा उपलब्धी गरेको छ ।

You might also like

Comments are closed.