‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर पोखरामा पनि टाँसियो

सन्देश श्रेष्ठ
पोखरा, १५ मंसीर

निर्मला पन्तका लागि न्याय माग्दै पोखरामा पनि पोष्टर टाँसिएको छ । वलात्कारबिरुद्धको महाअभियान अन्तर्गत पोखरामा पनि निर्मला पन्तका लागि न्याय माग्दै पोस्टर टाँसिएको हो । पोखरामा चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक, अमरसिंहचोक, लेकसाइड, हेमजा, बगरलगायतका मुख्य चोकका बिजुलीका पोल तथा खाली ठाउँहरुमा पोस्टर टाँसिएका छन् । फेसवुकमार्फत गरिएको आह्वानका आधारमा सहभागिहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको व्यानर तथा प्ले–कार्डसमेत बोकेर प्रदर्शन गरेका थिए ।

सामाजिक सुरक्षा कोषको शुरुवातसँगै देशमा ‘नयाँ युगको शुरुवात’ भनेर लेखिएको प्रधानमन्त्री केपी ओलीको फोटोसहितको पम्प्लेट बिजुलीको पोल÷पोलमा टाँसेपछि त्यसको प्रतिकारात्मक स्वरुप ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै पम्प्लेट पोल÷पोलमा टाँसिएको वलात्काबिरुद्धको महाअभियानका कास्की संयोजक सौगात पोखरेलले जानकारी दिए । उनका अनुसार शनिबार कास्कीसहित ४४ जिल्लामा यो अभियान अन्तर्गत पोस्टर टाँस्ने काम भइरहेको छ ।

यसअघी काठमाडौंमा टाँसिएको पोस्टर भने प्रहरीले च्यातेको थियो । तर पोखरामा भने पोस्टर टाँसिरहँदा प्रहरीले निगरानी गरेपनि अवरोध भने गरेन ।

You might also like

Comments are closed.