सरप्राइज गोलमा थ्रीस्टारलाई स्तब्ध पार्दै एपिएफ सेमीफाइनलमा

सन्देश श्रेष्ठ
पोखरा, २० माघ

शसस्त्र प्रहरी वलको एपिएफ क्लव सरप्राइज गोलको मद्धतमा बिजयी भएको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा एपिएफले पहिलो मिनेटमै गरेको निर्णायक गोलको मद्धतमा थ्रीस्टार क्लवलाई स्तब्ध पार्न सफल भएको हो । जितसँगै एपिएफ सेमीफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले खेलको शुरुवाती मिनेटमै गरेको गोल नै निर्णायक भएको हो । आइतबार भएको खेलमा एपिएफका लागि सन्तोष श्रेष्ठले खेल शुरु भएको २६ सेकेण्डमै गोल गरेका हुन् । उनले राजिव लोप्चनको पासमा गोल गरेका थिए । फष्र्टबार च्यापेर उनले गरेको प्रहार बिपक्षी गोलकिपर एलन न्यौपानेले रोक्न खोजेपनि फुत्किएपछि बलले जाली चुमेको थियो ।

शुरुवातदेखी नै रक्षापंक्ति बलियो बनाएर काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीतिमा रहेको एपिएफ गोल भएपछि थप रक्षात्मक रणनीतिमा लाग्यो । एपिएफले थप गोल गर्ने अवसर सृजना गरेपनि गोलमा परिणत भने गर्न सकेन ।

शुरुवातमै सरप्राइज गोल खाएपछि थप आक्रामक बनेको थ्रीस्टारले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । निर्धारित ९० मिनेट सकिएपछिको थपिएको ५ मिनेटसम्म पटक÷पटक गोल गर्ने अवसर पाएपनि सदूपयोग गर्न नसक्दा थ्रीस्टार पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरियो ।

jutta mela

आइतबारको खेलमा एपिएफका रमेश दंगाल म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।

बिजयी भएपछि पोष्ट म्याच कन्फिरेन्समा बोल्दै एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले रक्षापंक्ती बलियो बनाएर काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीतिमा आफू सफल भएको बताउँदै जितप्रति खुशी व्यक्त गरे । उनले पहिलो सरप्राइज गोलका कारण बलियो टीम थ्रीस्टारबिरुद्ध जित निकाल्न सकिएको बताए ।

पराजित थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलको पहिलो मिनेट नबित्दै सरप्राइज गोल खानु नै हारको प्रमुख कारण भएको बताए । उनले बिपक्षी एपिएफका खेलाडीले आफ्नो बलियो टिमलाई ९० मिनेटसम्म रोक्न सक्नु उनीहरुको सफलता भएको उल्लेख गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र डफिन्स टिम फेमेली क्यामरुन प्रतिष्पर्धामा उत्रिनेछन् । आर्मी बाई पाएर क्वाटर फाइनलमा आएको हो भने क्यामरुन च्यासल युथ क्लवलाई पराजित गर्दै क्वाटरफाइनलमा आइपुगेको हो ।

माघ २६ गतेसम्म हुने प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेका छन् । त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने एन्फा कास्कीले जनाएको छ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.