सरल नमुना सहकारीद्वारा शैक्षिक सामग्री वितरण

पोखरा, १० माघ ।
पोखराको चिप्लेढुंगाामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सस्थाले बुधबार एक कार्यक्रमको आयोजना गरि आफ्नो १०औ स्थापना दिबस पारेर पोलेमनपा १९ काउरेमा रहेको शिवेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरेको हो ।

खेलकुद सामाग्री बितरण गर्दै पोलेमनपा १९ का जनप्रतिनिधि कोमल बास्तोलाले सहकारी नाफामुखी भन्दा सेवामुखी हुनुपर्नेमा जोड दिए । विद्यार्थीहरु भबिष्यका कर्णदार भएको बताउदै उनले बाल वालिकालाइ सरकारी बिद्यालय बाट नै गुणस्तरिय शिक्षा दिनुपर्ने बताए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खिमलाल बास्तोलाले पछिल्लो समयमा सरकारी बिद्यालयमा बिद्यार्थीहरु घट्दै गइरहेकोमा चिन्ता ब्यक्त गरे ।

बिद्यालयका प्रध्यानाध्यापक उमेशराज पौडेलले सहकारीले गरेको सहयोगको कदर गर्दै सामाजिक काम र स्वरोजगार बनाउन सहकारीले उल्लेख्य भुमिका खेलेको बताए । सहकारीका अध्यक्ष दिपक बास्तोलाले सहकारीले हरेक बर्ष आफ्नो बार्षिकोत्सवको अबसर पारेर विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको बताउदै आगामाी दिनमा समेत सहकारीले सामाजिक काम गर्ने प्रतिबद्धता जनाए । सस्थाका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी सस्थाका संचालक समिती सदस्य किरण अधिकारीले कार्यक्रम माथी प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल प्रसाद बास्तोलाले गरेका थिए ।

You might also like

Comments are closed.