सरसफाई अभियानमा शीतलनगर आमा समूह

पोखरा ।
पोखरा १४ औद्योगिक क्षेत्रस्थित शितलनगर टोलमा रहेको शीतलनगर आमा समूह सरसफाई अभियानमा जुटेको छ । विभिन्न समयमा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको आमा समूहले यस पटक वडाका पोलहरुमा डस्टविन राख्ने काम गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. १४ बाट सहयोग लिइ वडाका ३५ वटा पोलमा डस्टविन राख्ने काम हालै सम्पन्न भएको समूहका अध्यक्ष गंगाशर्मा केसीले जानकारी दिइन् । ‘सुन्दर नगरी पोखरालाई सफा राख्न सहयोग पु¥याउने उद्देश्यले डस्टविन राखिएको हो,’ उनले भनिन् ।

डस्टविन राखिसकेपछि टोलमा सरसफाई व्यवस्थापनमा सहयोग पुग्ने समूहका सचिव कबिता कार्कीले बताइन् ।

You might also like

Comments are closed.