सराङकोटमा आधुनिक भ्यु टावर निर्माण शुरु, २ करोडको लागतमा सम्पन्न हुने

पोखरा ।
पर्यटकिय गन्तव्यका रुपमा परिचित सराङकोटमा आधुनिक भ्यु टावर निर्माण शुरु भएको छ । २ करोडको लागतमा टावर बन्नेछ । सराङकोट धार्मिक पर्यटक क्षेत्र विकास समितिको वृहत्तर गुरु योजना अन्तर्रगत प्रदेश सरकारको सहयोगमा टावर निर्माण गर्न लागिएको हो ।

गण्डकी प्रदेशका वन उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले टावर निर्माणको औपचारिक शुभारम्भ गरेका हुन। प्रदेशको पर्यटकिय गन्तव्य स्थललाई थप व्यवसिथत गराउने योजना अनुशार टावर र्मिाण गर्न लागिएको लम्सालले बताए ।

jutta mela

सुर्योदय, सुर्यस्त, ताल र आसपारका प्राकृतिक दृष्य अवलोकन गर्न टावर महत्वपुर्ण स्थान हुने समितिका अध्यक्ष प्रेमबहादुर जि सीले जानकारी दिए । पर्यटकिय स्थलका रुपमा परिचित सराङकोटको विकासमा धार्मिक पर्यटन क्षेत्र विकास समितिको वृहत्तर योजना महत्वपुर्ण रहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि सीले बताए । स्थानिय सार्वजनिक जमिनको संरक्षण गर्दै समितिबाट गरिने योजनालाइृ महानगरले आवस्यक सहयोग गर्ने पनि उनले बताए ।

विभिन्न सहयोगबाट समितिले आर्थिक संकलन गर्दै आईरहेको छ । गौतम बुद्धको बिशाल मुर्ति स्थापनाका लागि जग्गा प्राप्त नहुदाँ निमार्ण कार्य अलपत्र परेको छ । सो निमार्णका लागि आर डी लामा विष्टले ७ करोड १० लाख सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रममा पोखरा महानगर १८ का अध्यक्ष रणबहादुर थापा, गण्डकी प्रदेश भुसंरक्षण कार्यालयका प्रमुख दिवाकर पौडेल, नेकपाका वडा अध्यक्ष पुष्कल थापा, नेपाली काङग्रसेका वडा सभापती शिवप्रसाद तिमिल्सिना, रोटरी क्लव पोखरा अन्नपुर्णका अध्यक्ष रामचन्द्र शर्मा, समितिका उपाध्यक्ष मिनबहादुर थापा, सचिव डिलबहादुर जि सी लगायतले सराङकोटको विकासमा एकजुट हुनुपर्ने बताए ।

You might also like

Comments are closed.