सराङकोट धार्मिक पर्यटन विकास समितिमा जिसी

पोखरा, ७ माघ ।
सराङकोट धार्मिक क्षेत्र विकास समिति तथा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको संयुक्त साधारण सभाले प्रेम बहादुर जि.सी.को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षद्वयमा उमानाथ चपाई, मिन बहादुर थापा, महासचिव शम्सेर बहादुर थापा, सचिव डिल बहादुर जिसी, कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिना रहेका छन् । समितिको सदस्यहरुमा छविलाल तिमिल्सिना, कृष्ण बहादुर थापा, शिव प्रसाद कोइराला, गंगा तिमिल्स्निा, दिपेन्द्र थापा, विकास थापा मगर, कमला पोखरेल, कमल थापा, अक्कल बहादुर थापा, ज्ञानेन्द्र बहादुर थापा, सुस्मा परियार र दुर्गादत्त तिमिल्सिना रहेका छन् ।

सराङकोटलाई वृहत्तर गुरुयोजना सहित धार्मिक पर्यटन पूर्वाधारको निर्माणका हेतु २०६१ मा स्थापित धार्मिक क्षेत्र विकास समिति र पर्यटन क्षेत्र विकास समितिलाई संस्थापक समिति मानी कार्य अगाडि बढाउने निर्णयका साथ लोकबहादुर थापाको समितिलाई संस्थापक समिति मानी अगाडि बढाउने निर्णयका साथ महासचिव शम्सेर बहादुर थापा र कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत संस्थागत तथा आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेष नारायण पौडेलले आम महानगरबासीले गौरव गर्न सक्ने कार्यका साथ ३३ वटै वडालाई कामको जिम्मेवारी दिएको र सराङकोटलाई निजी, सरकारी साझेदारीको अवधारणामा विकास निर्माण कार्य गरिने बताए ।

कार्यक्रममा वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले वडाको विकास निर्माणमा सबैले सकारात्मक सहयोग भएमा नमुना वडा बन्ने बताए । संस्थापक अध्यक्ष लोक बहादुर थापाले एकता सहित हुने विकास निर्माणले आम समुदायको विकास हुने बताए ।
समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार पुष्कल बहादुर थापा, विश्व हिन्दु महासंघका उपाध्यक्ष वेदनिधी शर्मा, पूर्व गाविस अध्यक्ष झपट बहादुर थापा, चिसाखोला बेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिना, जनजागृत माविका सहायक प्राचार्य यम बहादुर थापा, कमला पोखरेल, वडा सदस्य हरि लम्साल, सराङकोट बहुउद्देश्यीय सहकारीका सचिव कृष्ण थापा, उपाध्यक्ष मिन बहादुर थापा, सचिव डिल बहादुर जिसी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

You might also like

Comments are closed.