सराङकोट पहिरो पीडितलाई सहयोग

पोखरा ।

अविरल वर्षाका कारण असार २५ गते गएको पहिरोका कारण मृत्यु भएका पोखरा–१८, सराङकोटका परिवारलाई राहत रकम सहयोग गरिएको छ ।

पोखरा–१८, सराङकोटका शिव बहादुर बानियाद्वारा अमेरिकामा रहेका नेपालीहरुबाट सङ्कलित ४ लाख १५ हजार मृत्यु भएका टंक बहादुर थापा, सोम माया थापा मगर, सुदान थापाका आश्रीत परिवारका लागि ३ लाख १५ हजारको अक्षकोष स्थापन गरिएको छ भने सोही पहिरोमा मृत्यु भएका इसिका राई, शीतल श्रेष्ठका परिवार र घाइते २ जना समेतलाई १ लाख पूर्व मन्त्री तथा प्रदेश सांसद कुमार खड्काले सम्बन्धित परिवालाई वितरण गरेका छन् । सो रकम बानियाका ठूलो बुबा चिन बहादुर बानिया मार्फत प्राप्त गरिएको थियो ।

पहिरो गएको १३ औं दिनको स्मरणमा नेपाली कांग्रेसका कमिटि पोखरा–१८ को आयोजनामा स्मृति सभा सहयोग रकम हस्तान्तरण गरिएको वडा सभापति शिव प्रसाद तिमिल्सिनाले बताए । सो स्मृति सभामा पूर्व मन्त्री प्रदेश सांसद कुमार खड्काले प्राकृतिक रुपमा घट्ने हरेकलाई सहयोग गर्नु मानवीय कार्य भएको र घर परिवार विहीन भएकाहरुको उचीत संरक्षण गर्न प्रदेश सरकार समक्ष सक्दो पहल गर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद विन्दु कुमार थापाले पीडित परिवारको उचीत व्यवस्थापनका लागि जिल्ला प्रशासन, प्रदेश सरकार, महानगरपालिकाबाट केही सहयोग प्राप्त भएपनि दिर्घकालिन सहयोगका लागि सबैको सकरात्मक भुमिका आवश्यक भएको बताए ।

पीडित परिवारको व्यवस्थापन र सहयोगको लागि वडा मार्फत आवश्यक पहल गरिरहेको वडा अध्यक्ष रण बहादुर थापाले बताए ।

वडा इकाई सभापति शिव प्रसाद तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, सरस्वती गुरुङ, क्षेत्रीय सदस्य भरत बहादुर थापा, चिन बहादुर बानिया, विपद् व्यवस्थापन अर्थ समिति संयोजक संन्जीव बहादुर थापा मगर, सचिव डिल्लीराम तिमिल्सिना लगायतले पीडित परिवारको अवस्था अनुसार सहयोग र व्यवस्थापनमा सबै एक हुनुपर्ने बताए ।

सहयोगका लागि स्थानीय स्तर तथा वाह्य रुपमा खुल्ला आव्हान गर्दै राहत कोष मार्फत पुन स्थापना गरिने योजना रहेको छ । सो पहिरोबाट घटना स्थलमा एकै परिवारका ३ जना र छिमेकी २ जना सहित ५ जनाको मृत्यु भएको थियो भने ४ जनाको उपचार भैरहेको छ ।

You might also like

Comments are closed.