सराङकोट सहकारीको अर्धवार्षिक समिक्षा

पोखरा, २८ माघ ।
सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको अर्धवार्षिक समिक्ष सम्पन्न भएको छ । २०६३ सालमा स्थापना भएको सहकारीले शुरुवातदेखि रेडियो सराङकोटको प्रशारण सहित २०७१ देखि बचत तथा ऋण सहित विविध सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

संस्थाले पुस मसान्तसम्म २६ करोड ऋण लगानी, शेयर पुँजी ४ करोड ३८ लाख रहेको र आर्थिक वर्षको असार मसान्तसम्म बचतलाई बृद्धि गरी लगानी तर्फ ३० करोड र निर्माणाधीन बहुउद्देश्यीय भवनलाई पूर्णता दिने योजना रहेको कार्यकारी निर्देशक कृष्ण थापाले बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार, पूर्वमन्त्री, प्रदेश सांसद कुमार खड्काले सहकारी ऐन, नियमलाई सहकारीले अँगाल्दै सुरक्षित तवरले सहकारी संचालनमा संचालकहरु लाग्नुपर्ने बताए ।  संस्थाको आर्थिक गतिविधिलाई व्यापकता सहित संस्थागत विकास योजना तर्जुमाका लागि रेडियो सराङ्कोटका निर्देशक रमेश कुमार थापाको संयोजकत्वमा निर्देशक चिन्तामणि बास्तोला र सल्लाहकार इन्द्रकमल मानन्धर रहेको समिति गठन गरेको छ ।
संस्थागत प्रतिवेदन तथा प्रस्तावित योजना सचिव कृष्ण थापा, आथिृक वस्तुस्थिति विवरण व्यवस्थापक सुरेन्द्र थापा, भवन निर्माण सम्बन्धी प्रतिवेदन निर्माण समिति सदस्य रामचन्द्र थापाले आ–आफ्नो प्रतिवेदन राखेका थिए ।

संस्थाका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लोक बहादुर थापा, कानुनी सल्लाहकार रोहितराज बास्तोला, सल्लाहकार इन्द्रकमल मानन्धर, राममणि पौडेल, उपाध्यक्ष बसन्त बहादुर बानिया, लेखासमिति संयोजक शिव बहादुर बानिया, शिक्षा तथा क्रियाकलाप संयोजक विकल पौडेल, महिला समिति संयोजक आरती श्रेष्ठ, संचालक सदस्य छविलाल तिमिल्सिना, शम्शेर बहादुर थापा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

You might also like

Comments are closed.