सराङ्कोट सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

 

पोखरा, १४ असोज ।

सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाद्वारा वार्षिक संस्थागत, आर्थिक लेखापरीक्षण तथा लेखा प्रतिवेदन पारित गरिएको छ ।

साधारणसभामा संस्थाका शेयर सदस्यहरुमध्येबाट पूर्व मन्त्री प्रदेश सांसद कुमार खड्का, पोखरा उच्च अदालत बार एशोसिएशनका अध्यक्ष अधिवक्ता रोहितराज बास्तोला, पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष पवन प्रजापति, सदस्य चिन्तामणि बास्तोला, कास्की जिल्लाबाट उत्कृष्ट सचिवबाट सम्मानित व्यक्ति कृष्ण थापा, जेष्ठ सदस्य झपटबहादुर थापा, ऋण समितिका पूर्व संयोजक छविलाल तिमिल्सिना, पूर्व कोषाध्यक्ष दुर्गा बहादुर सुनार, उत्कृष्ट कारोवारतर्फ वकिलमान तुलाधर उदास, छेमु कार्की, उत्कृष्ट व्यवसायी विकास रानालाई सम्मान गरिएको थियो ।

संस्थाले शेयर सदस्यतर्फ उत्कृष्ट अध्ययन हासिल तर्फ सल्लाहकार सोभियतबहादुर अधिकारीका छोरा डा.रुपेन्द्र बहादुर अधिकारी र डा.राकेश बहादुर अधिकारी, उपाध्यक्ष बसन्त बानियाका छोरी ईन्जिनियर प्रगति बानिया र ई.प्रतिभा बानिया, गणेशदत्त जोशीका छोरा डा.उत्सव जोशी, शारदा पहारीका छोरा डा.सुनिल पहारी, उत्कृष्ट कर्मचारबिाट प्रेम नारायण सिग्देल, सुशीला परियार, महिला समिति सदस्य तारादेवी थापा लगायत एसइइ परीक्षा उत्तीर्ण छात्रछात्रालाई सम्मान गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थापक अध्यक्ष लोक बहादुर थापाले संस्थाले गर्ने गतिविधिले सबैले सम्मान गर्न योग्य भएको बताए ।

संस्थाका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार सोभियत बहादुर अधिकारी, पूर्व अध्यक्ष सुशिलराज पराजुली, कानुनी सल्लहकार रोहितराज बास्तोला, रेडियो सराङकोटका निर्देशक रमेश कुमार थापा, जेष्ठ सदस्य झपट बहादुर थापा, लेखा समिति संयोजक शिव बहादुर बानिया, उपाध्यक्ष बसन्त बहादुर बानिया, सचिव कृष्ण थापा, कोषाध्यक्ष मिन बहादुर अधिकारी, शिक्षा समिति संयोजक बिकल पौडेल, शेयर सदस्यको तर्फबाट योगेन्द्र शर्मा दाहाल, गणेश बहादुर अधिकारी, व्यवस्थापक सुरेन्द्र थापा, ऋण समिति संयोजक रामचन्द्र थापा, संचालक सदस्य कुल प्रसाद सुवेदी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

२०६३ सालमा स्थापना भएको सहकारी शुरुवातसँगै रेडियो सराङ्कोट संचालन गर्दै संस्थाले हाल सराङ्कोट बहुउद्देश्यीय भवन २६ करोड ऋण लगानी, २८ करोड बचत र शेयर पुँजी ४ करोड २६ लाख रहेको छ । संस्थाले स्थापनादेखि विविध सामाजिक रचनात्मक कार्यक्रम गर्दै यस वर्ष सहकारी बैंकबाट उत्कृष्ट सहकारी सम्मान पाएको छ ।

You might also like

Comments are closed.