भीम गुरुङ
संचालक
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन)
नेफ्स्कुनको काम के हो ?
नेफ्सकून अर्थात नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघले नेपालमा दिगो र स्तरीय वित्तीय सहकारीको स्थापनामा जोड दिदै आएको छ । यसको लागि हामीले ३ वटा ब्राण्डेड कार्यक्रम र ३ तहका तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ । जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम, नेपाल ब्राण्डको पूर्ण तथा व्यावसायिक कार्यक्रम (प्रोवेसन) र एशिया मापदण्डका ब्राण्डेड एक्सेस कार्यक्रम । त्यसरी नै अन्र्तराष्ट्रियस्तरको तालिम, उच्च तहका तालिम –जस्तै, सञ्चालक, व्यवस्थापक र अधिकृत स्तरको र मध्यम स्तरका तालिमहरु व्यापक रुपमा सञ्चालन भईरहेको छ भने पछिल्लो समय सहकारी विभागसंग मिलेर देशका ठूला ५०० संस्थाको सघन अनुगमन गरिरहेको छ । पोखरामा मात्र ५४ संस्थाको अनुगमन भईरहेको छ ।
ब्रान्डेड कार्यक्रम र अनुगमन भनेको के हो ?
हामीेले विभिन्न तालिम मार्फत सदस्य, कर्मचारी र सञ्चालकहरुलाई सर्टिफाईड सहकारीकर्मीको रुपमा विकास गरिरहेका छौं । आगामी २ वर्षभित्र २ हजार व्यवस्थापक, २ हजार बढी सञ्चालकहरु र करिब ५ हजार सदस्यलाई सहकारी ब्राण्ड भएको सर्टिफाईड सहकारी कर्मी बनाउने अभियानमा छौं भने करिब ५० संस्थालाई एशियाली स्तरको र थप ५० संस्थालाई नेपाल ब्राण्ड प्राप्त सहकारी बनाउदै छौं । यो नेपाल ब्राण्ड सहकारी विभाग र नेफ्स्कूनको सहकार्यमा प्रदान गरिनेछ भने एक्सेस ब्राण्ड एशियाली ऋण महासंघको सहकार्यमा प्रदान गरिरहेका छौं । यसरी नै अनुगमन बाट संस्थाको वित्तीय अवस्था के छ, सुसासनको अवस्था के छ, वित्तीय सक्षमता के छ सबै जोखिमको क्षेत्रहरु पहिचान गरि सुधार अभियान चलाईरहेका छौं ।
गण्डकी प्रदेशको दूर दराजमा रहेका सहकारीहरुलाई नेफस्कूनको मूल प्रवाहमा कसरी ल्याउने योजना छ ?
यो प्रदेशमा करिब ३ हजार ५ सय सहकारी संघसंस्थाहरु छन्, ती मध्ये ५० प्रतिशत बचत तथा ऋणका सहकारी छन् । हिमालदेखि तराईसम्मका जिल्लामा भएका बचत सहकारीलाई नेफ्स्कूनको छाताभित्र ल्याउने हाम्रो प्रयास जारी छ । खासगरि मुस्ताड. बाहेक सबै जिल्लामा नेफ्स्कूनको सञ्जाल विस्तार भईसकेको छ, मुस्ताड.मा समेत यो आर्थिक वर्षभित्र हाम्रो सेवा पुर्याउने लक्ष्य रहेको छ । खासगरि छिमेकी जिल्ला बचत संघ र पोखरा फिल्ड कार्यालयलाई यसको जिम्मेवारी तोकिएको छ ।
सहकारीमा सूचना अधिकारी र कार्यान्वयन अधिकारी तोक्ने कुरा छ, यसको औचित्य र उद्धेश्य के हो ?
सहकारी संस्थाहरु राज्यको कानूनको दायराभित्र सञ्चालन हुन्छन् भन्ने कुरा बुझ्न जरुरी छ, राज्यले जारी गरेका नीति तथा कानून मान्नु हाम्रो दायित्व हो । सहकारीको ऐन, मापदण्ड र पछिल्लो समय जारी भएको सम्पत्ति सुद्धिकरणको व्यवस्था बमोजिम सूचना अधिकारी र कार्यान्वयन अधिकारी तोक्ने व्यवस्था आएको हो । खासगरि सहकारीमा भएका गतिविधी, संस्थाको आधिकारिक धारणा सम्प्रेषण गर्न र सदस्य र सेवाग्राहीको गुनासाहरु सुन्न र यसको समाधानको उपायहरु खोज्ने कार्यमा सरलीकरण गर्न सूचना अधिकारीको व्यवस्था गरिएको हो भने, सहकारीको बाटो हुदै आउन सक्ने अनाधिकृत वित्तीय धन्दालाई न्यूनीकरण गर्न, संकास्पद व्यक्तिहरुको कारोबारलाई समय मा नै वित्तीय ईकाईमा जानकारी गराउन र सम्पत्ति सुद्धिकरण निवारण ऐनको सफल कार्यान्वयनको लागि समेत कार्यान्वयन अधिकारीको आवश्यकता परेको हो ।
सहकारीले सामाजिक उत्तरदायित्वलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्छ भनिएको छ ? सहकारीको सामाजिक उत्तरदायित्व भनेको के हो ?
सहकारी व्यवसाय समुदायमा आधारित र सदस्य केन्द्रित संस्थाहरु हुन् । यो सेवा सहितको व्यवसाय पनि हो । यसले आफुलाई मूलत नाफामा मात्र केन्द्रित राख्नु हुदैन । संस्था सक्षम भएपश्चात समाजमा रहेका कमजोर वर्गको उत्थान गर्न वातावरण संरक्षण तथा सम्वद्र्धन, कला संस्कृतिको जगेर्ना, विकास निर्माण आदि क्षेत्रमा योगदान पु¥याउन सक्नुपर्दछ । सहकारीको सिद्धान्त बमोजिम समेत समुदायप्रति चासो भन्ने छ, यसको आधारमा समेत सामाजिक उत्तरदायित्व वहन गर्नुपर्दछ ।
सहकारीलाई सवल र सक्षम बनाउन,सदस्य सन्तुष्टि, जोखिम व्यवस्थापन र नीति विधी प्रविधियुक्त सहकारी निर्माणको सूत्रहरु के के हुन सक्छ ?
सहकारीलाई सवल र सक्षम बनाउने भनेको नविनतम कार्यक्रम र सूचना प्रविधीको माध्यमबाट नै हो । हामीले सफल अभ्यास र अनुभवबाट आफ्नो संस्थालाई सफलताको बाटो तर्फ डोहो¥याउनु जरुरी छ । म फेरि पनि जोड दिन चाहन्छु, जोखिम व्यवस्थापन, सदस्य सन्तुष्टि र संस्थालाई नीति र विधीको माध्यमबाट संचालन गर्ने सूत्र भनेको नै नेफ्सकूनद्धारा संचालित स्तरीकण कार्यक्रम हो । प्रारम्भिक चरणमा जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रममा सहभागिता जनाउने, त्यस पश्चात नेपाल ब्राण्डको प्रोवेसन कार्यक्रम र त्यस पश्चात एशियाली स्तरको एक्सेस कार्यक्रम । यी कार्यक्रमहरुमा समावेश पश्चात हामीले विभिन्न सूचकको माध्यमबाट संस्थाको अवस्था, सदस्य र कर्मचारीको सन्तुष्टि, सञ्चालकहरुको क्षमताको स्तर सजिलै संग पत्ता लगाउन सकिन्छ । जसबाट सफल सहकारी बनाउने विभिन्न सूत्र र सुझाबहरु प्रदान गर्न सकिन्छ ।
सहकारीमा स्थिरिकरण कोषको नयाँ प्रयोग ल्याईदै छ, यसको अर्थ र आवश्यकता के हो ?
बास्तवमा स्थिरीकरण कोषको विषय हाम्रो लागी नयाँ प्रयोग हो । खासगरि यो व्यवस्था कोरिया जस्तो विकसित देशको बचत ऋणको संरक्षण गर्न प्रयोगमा ल्याईएको विधि हो । यो खासगरि साकोसहरुलाई व्यवस्थापकिय रुपमा सक्षम बनाई स्थिर गराउने औजार हो । बचत ऋणमा हुने जोखिमबाट बचाउन, सम्भावित दुघर्टनाको पूर्व रोकथाम गर्दै सदस्यहरुको बचतको सुरक्षाको प्रत्याभुति दिन नियमित अनुगमन र सुपरिवेक्षण गरि सदस्य संस्थाहरुलाई स्थायित्व प्रदान गर्न खडा गरिने कोष हो । वर्तमान सहकारी ऐनमा एक स्थिरिकरण कोषको परिकल्पना गरिएको छ जून नेफ्सकूनको व्यवस्थापनमा रहने स्पस्ट समेत गरेको छ । कोषमा रहेको रकम सहकारी संस्थाको तरलता व्यवस्थापनको लागि सापटी प्रदान गर्न, साकोस अभियानको गरिमा उच्च राख्न, आर्थिक संकटबाट जोगाईराख्न आदिको लागि प्रयोग गरिनेछ ।
Comments are closed.