सर्वाधिक उच्च व्याजदर सहित पुनः सुरु भयो एनआइसीको ‘धनवर्षा मुद्दती निक्षेप योजना’

पोखरा, २८ जेठ । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआईसी एसिया बैंकले सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । पुनः सञ्चालनमा आएको ‘धनवर्षा मुद्दती निक्षेप योजना’मा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बताइएको छ ।

यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धन वर्षा मुद्दती निक्षेप योजना ग्राहक महानुभावहरू माझ अत्यन्त लोकप्रिय भएको बताएको छ । धनवर्षा मुद्दती निक्षेप योजनाप्रति ग्राहकहरूकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएका बैंकले जनाएको छ ।

बैंकले यस पटक समेत धनवर्षा मुद्दती योजनाबाट बढीभन्दा बढी व्यक्तिगत एवं संस्थागत ग्राहक महानुभावहरूले लाभ उठाउने विश्वास लिएको उल्लेख गरेको छ । यस योजनाअन्तर्गत देशभर रहेका एनआईसी एसिया बैंकको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । साथै एक वर्षको अवधिको लागि खोल्न सकिने यस मुद्दती योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिनेछ ।

‘ग्राहकवर्ग लगायत सबै सरोकारवालाहरूले बैंकप्रति दर्शाएको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाको फलस्वरुप हालसम्ममा २१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको तथा २१० ए टि एम सहित मुलुककै सबैभन्दा ठूलो ए टि एम सञ्जाल भएको बैंक बन्न सफल भैसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

१४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ युनिट र कुल ५ हजार ५०० भन्दा बढी रेमिट्यान्स पेमेण्ट एजेण्ट सहित ५ हजार ९ सय ५१ भन्दा बढी भौतिक सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक बन्न एनआइसी एशिया सफल छ ।

You might also like

Comments are closed.