सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको एक मिलियन डलरको लगानी थपियो

 

काठमाडौं ।

नेपालको स्थानिय अग्रणी इकर्मस कम्पनी सस्तोडिल डटकममा अब डोल्मा इम्प्याक्ट कोषको लगानी थपिने भएको छ । कोषले सस्तोडिलमा एक मिलियन डलरको अतिरिक्त लगानी गर्ने भएकोे हो । हाल चलिरहेको लगानी जुटाउने काम अन्तर्गत सस्तोडिलले अन्य शेयरधनिहरु सँगसँगै डोल्मा इम्प्याक्ट फण्डबाट पनि कोष संकलन गरेको हो । उक्त लगानी कम्पनीको वार्षिक आम्दानी आगामी १८ महिनामा रु एक अर्व पुर्याउने माईलस्टोन लक्ष्य हासिल गर्न प्रयोग गरिनेछ ।

सन् २०११ मा स्थापित, सस्तोडिल नेपालको सबैभन्दा ठूलो र लोकप्रिय अनलाइन शपिंग प्लेटफर्म हो । कोभिड–१९ को प्रभाव पर्नु भन्दा अगाडी कम्पनीको बृद्धि ३०० ५ को हाराहारीमा भएको सस्तोडिलका निर्देशक एवं सिइओ अमुन थापा बताउँछन्। लकडाउनको क्रममा, नयाँ ग्राहकहरुको संख्या झन धेरै बढ्दै गएको थापाले बताए ।

थापा भन्छन् “सरकारको निति अनुसारमा लकडाउनमा ग्राहकलाई आवश्यक सामाग्री पुर्याउन हामीले सरकारको एक हिस्सा भएर काम गरेका थियौं । अहिले लकडाउन सहज हुँदै गइरहेको बेला पहिलेभन्दा माग झन् बढेको छ किनकी अब नयाँ ग्राहकहरु अनलाइन शपिंगको बारेमा धेरै जानकार भइसकेका छन्।

डोल्मा इम्प्याक्ट कोष, नेपालमा पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी कोष लगानीकर्ताको रुपमा परिचित छ । सो कोष सस्तोडिलको पहिलेदेखि नै एक शेयरधनिको रुपमा रहेको थियो । उक्त कोषले सस्तोडिलको लगानी वृद्धि गर्नको लागि अन्य सेयरधनिहरुसँगै एउटा महत्वपूर्ण लगानीलाई अनुमोदन गरेका छन्। । उक्त कोष वृद्धिले उत्पादनको वर्गिकरण, नयाँ प्रतिभालाई स्थान, कोर अपरेशन, विक्रेता सशक्तीकरण र नेपालका अन्य क्षेत्रहरुमा सेवा विस्तार लगायतका क्षेत्रहरुलाई समेट्ने थापाले बताए ।

काठमाडौ बाहिरका उपभोक्तालाई मध्यनजर गर्दै थापाले भने( “लकडाउनको बेलामा काठमाडौं उपत्यका भित्रका ग्राहकहरुलाई सेवा सीमित गर्नु पर्‍यो । यसर्थ यस लगानीले हामीलाई काठमाडौ भित्र र बाहिरका दुबै उपभोक्ता र व्यवसायि माझमा सेवा लिएर जान मद्दत गर्नेछ ।

डोल्मा इम्प्याक्ट फन्डका सीईओ टिम गोचर भन्छन्( “यो छिटो बृद्धि हुने उद्योग हो जसले लकडाउनको क्रममा महत्वपूर्ण काम गरेको थियो। यो नयाँ लगानीले सस्तोडिल प्रतिको हाम्रो विश्वास लगायत स्वास्थ्य सेवा र नवीकरणीय उर्जा जस्ता क्षेत्रहरुमा हाम्रो लगानीलाई निरन्तरता दिन अझ बलियो आधार दिएको छ । स्थानीय साझेदार सँगै यस फाइनान्सिंगुको नेतृत्व गर्न पाउँदा हामी हर्षित छौं। ”

खुद्रा ब्यवसायको तुलनामा, इकर्मस अझै पनि अल्पसंख्यकको रुपमा रहेको छ । तर जसरी भारत र बाँकी विश्वमा यो उद्योग स्थापना हुँदैछ, नेपालमा पनि यस्तै छनक देख्न सकिन्छ । वालमार्ट, विश्वको सबैभन्दा ठूलो रिटेलरले भारतको अग्रणी इकमर्स कम्पनी फ्लिपकार्टमा १६ अर्व डलरको लगानी गरेको छ । हालसालै अम्बानीको जियो रिलायन्स पनि ईकमर्स तर्फ आबद्ध भएर अहिले फन्ड जुटाउने तिर लागेका छन्।

“इकमर्स भारत र विश्वभरको लगानीको लागि एउटा राम्रो आकर्षण होे र हामी अहिले नेपालमा पनि यस्तै प्रवृत्ति को विकास भएको देख्न सक्छौँ” सिइओ थापा भन्छन ।

आउँदो दिनमा सस्तोडिलले एउटा बाहिरी कम्पनि संग एक ठूलो साझेदारी गर्ने योजना राखेको छ । कम्पनीका सीसीओ अमितेश रायका अनुसार यो साझेदारी नेपालका लागि गेम चेन्जरुको रुपमा स्थापित हुनेछ । राय भन्छन् “हामी आशा गर्दछौं कि यस घोषणाले सम्पुर्ण नेपाली उत्साहित हुनेछन्।”

You might also like

Comments are closed.