सहकारीको निरीक्षणमा कडाई गरिन्छः वडा अध्यक्ष सुवेदी

आर्थिक आवाज
पोखरा, २९ असोज । पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष ओमप्रकाश सुबेदीले महानगरले सहकारीलाई प्रभावकारी र निरीक्षण गर्नका लागि सहकारी समिति छिट्टै बनाउने बताएका छन् । शनिबार पामे बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सहकारीलाई प्रभावकारी बनाउन सहकारी समिति गठन गर्न लागेको बताए ।

महानगर भित्र रहेका सहकारीको महानगरले नै अनुगमन गर्ने बताउँदै छिट्टै बोर्ड गठन हुने बताए । सहकारीले पुँजीलाई बृद्धि गरेर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । पामे बचत तथा ऋण सहकारीले ग्रामीण क्षेत्रका विदेशबाट पठाएको रकम झिक्न, कृषकहरुलाई ऋण प्रभाह गर्न सहयोगी बनेको उनले बताए ।

कार्यक्रममा सहकारी निरीक्षक गुरुप्रसाद पौडेलले सहकारीको वर्गीकरण गरी कुन स्थानीय तहले अनुगमन गर्ने कुन प्रदेशले भन्ने छुटिसकेको भन्दै सहकारी अनुगमन प्रभावकारी बनाउनु पर्ने बताए । जिल्ला सहकारी संघका सदस्य नवराज बरालले महानगरले सहकारीको कानुन बनाउदा सहकारी मैत्री बनाउन सुझाब दिए । कास्की बचत तथा ऋण सहकारी संघकी सदस्य कमला गिरीले उत्पादन मुलक क्षेत्रमा नै लागनीलाई बढाउन सुझाब दिइन् ।

पोखरा महानगरपालिका वडा नम्बर २४ कि वडा सदस्य सन्तुदेवी सुबेदी, सिद्ध बराह माविका प्रधानध्यपक बद्रि पराजुली, गण्डकी विकास बैंक लेकसाइड शाखा प्रमुख सन्देश गोदार, जनजागरण महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष सुकमाया केसी, सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष आशा नेपाली, संस्थाका उपाध्यक्ष नवराज बराल, कोषाध्यक्ष खिमनाथ तिमिल्सिना लगायतले सहकारीलाई सबैले सहयोग गरे अझ प्रभावकारी बनाए आगडी बढाउने बताए ।

पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश्वर दवाडीले आगामी वर्षको योजना सुनाउदै हाल रहेको निक्षेप ६ करोड ७८ लाखलाई आगामी वर्ष ९ करोड पु¥याउने, हाल रहेको १० करोड २ लाख लागनीलाई १२ करोड पु¥याउने बताए ।

संस्थाका सचिब अग्नीधर त्रिपाठी र सहसचिव मीनराज खड्काले संचालन गरेको कार्यक्रममा संस्थाका सदस्यहरुका छोरा छोरी मध्येबाट एसइइमा निजी र सरकारी तर्फबाट उत्कृष्ठ हुनेहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाका एकाघरका बृद्ध र बृद्धा एक एक जनालाई नगद सहित सम्मान गरेका थिए । सहकारीमा ६ सय १ जना शेयर सदस्य, ४ करोड २० लाख शेयर रकम, ६ करोड ७८ लाख निक्षेप संकलन, १० करोड २ लाख कर्जा लगानी रहेको छ ।

You might also like

Comments are closed.