सहकारीमा प्रयोग हुने फिनयाक्टप्लस सफ्टवयर सार्वजनिक

पोखरा, १३ असार । सहकारीमा प्रयोग हुने फिनयाक्टप्लस सफ्टवयर सार्वजनिक भएको छ । फिनयाक्ट सफ्टवयर प्रालिले बुधबार एक कार्यक्रमका बीच सफ्टवयर सार्वजनिक गरेको हो । नेफ्स्कुनका संचालक भिम गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त सफ्टवेयरबाट सहकारीमा एटिएम, मोबाइल बैंकिङ र इबैंकिङ सेवा सञ्चालन गर्न सकिने प्रालिका प्रदेश ४ शाखा प्रमुख सन्तोष गौतमले जानकारी दिए ।

नेपालभरका लागि पोखराबाट सफ्टवयर सार्वजनिक गरिएको गौतमले बताए । फिनयाक्टको सफ्टवयर सेवा २०५४ देखि नेपालमा सुरु भएको हो । सार्वजनिक भएको नयाँ सफ्टवयरले सहकारीहरुको स्तरउन्नति तथा आधुनिक सेवालाई साथ दिने कम्पनीको विश्वास छ ।

नेपालमा १ हजार भन्दा बढी सहकारीले फिनयाक्टको सफ्टवयर प्रयोग गरिरहेको गौतमले जानकारी दिए । ‘पोखरामा मात्र १ सय ८० वटा सहकारीले फिनयाक्टको सफ्टवेयर प्रयोग गर्छन्,’ उनले भने, ‘फिनयाक्ट सफ्टवयरको माग बढ्दो छ ।’ गौतमसहित एससिटी (एटिएम सेवा) का बारेमा दीपेश मास्के र मोबाइल बैकिङका बारेमा रोजिना तिमिल्सिनाले जानकारी गराएका थिए ।

नयाँ सफ्टवेयर अनलाइनमा जहाँबाट पनि खोल्न सकिने, डाटा बेस क्लाउडमा हुने हुँदा सम्पूर्ण डाटाहरु सुरक्षित रहने गौतमले बताए । कार्यक्रममा सहकारीका अभियान्ताहरु, सहकारी संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

You might also like

Comments are closed.