पोखरा, २२ बैशाख
कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको आयोजनामा २ दिने सहकारीमा लेखा तथा कर व्यवस्थापन तालिम सम्पन्न भएको छ । चार्टड एकाउन्टेन्ट राजकुमार फुयालले उक्त तालिमको सहजिकरण गरेका थिए ।
तालिममा ५० सहकारी संस्थाका ५५ जना सहभागिता थियो । भर्खर मात्र आयकर ऐनमा संशोधन हुँदा सहकारी संस्थामा कर कसरी दाखिला गर्ने भन्ने विषयमा दुविधा भै रहेको वेला यो तालिम अति उपयोगि भएको कुरा क्लवका सचिव अपिल कोईरालाले बताए । २ दिनको तालिमा सहकारी संस्थामा व्यवस्थित तरिकाले कसरी लेखा कसरी राख्ने, आयकरको गणना कसरी गर्ने, टिडिएस हरुको दाखिला कुन कुन समयमा गर्ने, पारिश्रमिक कर कसरी गणना गर्ने, इटिडिएस कसरी गर्ने, राजश्वको शिर्षकहरु के के हुन्छन, समयमा कर दाखिला नगरेमा के हुन्छ, कति रकम र कस्तो विलको टिडिएस कसरी गर्नुपर्दछ, आयकर ऐनमा सहकारी सम्बन्धी के व्यवस्था छ, वासलात र आयविवरण कसरी बनाउने लगायतका थुप्रै विषयमा ज्ञान प्राप्त भएको सहभागिहरुले वताए ।
क्लवका अध्यक्ष मीलन ढकालले क्लव ले विगतमा दर्जनौ तालिमहरु सञ्चालन गरि सकेको र भाविश्यमा पनि सहकारी सम्बन्धी वहुउपयोगि तालिम हरु सञ्चालन गर्नेछ र यस्ता तालिममा सिकेका कुराहरु सम्बन्धित संस्थमा तुरुन्त लागु गर्नु हुन सहभागिलाई अनुरोध गरे । तालिम लिनु मात्र ठुलो कुरा हैन त्यसलाई कतिको प्रयोगमा ल्याईयो भन्ने विषय महत्वपुर्ण हुन्छ । ढकालले भने, सिएमसि कास्की एउटा क्वालिटी सर्कल हो र यसले सहकारीको अभियानमा नयाँ ढंगले काम गरिरहेको छ र आगामी दिनमा अझ थप सशक्त भएर आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नेछ ।
Comments are closed.