‘सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ’

 

पोखरा, २८ जेठ । बचत तथा ऋण सहकारीको कास्की जिल्ला स्तरीय प्रथम महिला गोष्ठी सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) र कास्की बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा आइतबार गोष्ठी भएको हो ।

नेफ्स्कुनका सञ्चालक तथा प्रदेश नम्बर ४ का संयोजक भीम गुरुङको अध्यक्षता तथा प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए । आर्थिक सम्वृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

नेफ्स्कुनका केन्द्रीय अध्यक्ष डि.बि. बस्नेतले सहकारी क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक रहेको र नेतृत्व तहमा पनि महिला आउनुपर्ने बताए । यस्ता कार्यक्रमले महिलाको चौतर्फी विकासमा सहयोग गर्ने र समय समयमा यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिए ।

गोष्ठीमा सहकारी सम्वन्धी विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा सहजीकरण गरी छलफल तथा टिप्पणी गरिएको थियो । नेफ्स्कुनका संचालक तथा प्रदेश नंवर ४ का संयोजक भीम गुरुङ, प्रदेशसभा सचिवालयका शाखा अधिकृत ईश्वरी ढकाल र नेफ्स्कुनका सञ्चालक शान्ति अधिकारीले कार्यक्रममा सहजीकरण गरेका थिए । पोखरा लेखनाथ महानगरपालिकाका शाखा अधिकृत दुर्गा न्यौपाने, अधिवक्ता मीना रानाभाट, सञ्चारकर्मी सुष्मा पौडेलले टिप्पणी गरेका थिए ।

 

कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय सञ्चालक चण्डीप्रसाद शर्मा, बचत संघका उपाध्यक्ष भेषराज बराल, अन्नपूूर्ण गाउँपालिकाका उपप्रमुख सगुन गुरुङ, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, नेफ्स्कुन फिल्ड कार्यालय पोखराका सञ्चालक तथा कास्की बचत संघका कोषध्यक्ष नारायणप्रसाद आचार्य, कास्की बचत संघका सचिव दीपक प्रकाश आचार्य, राष्ट्रिय सहकारी बैंकका केदारनाथ उप्रेती लगायतले बोलेका थिए ।

कार्यक्रममा कास्की जिल्लामा रहेका बचत तथा ऋण सहकारीबाट करिव २ सय महिला सहभागी भएको नेफस्कुन पोखराका फिल्ड ईन्चार्ज जगन्नाथ लामिछानेले जानकारी दिए । कार्यक्रम संयोजक कमलादेवी गिरीले कार्यक्रम संचालन गरेकी थिइन् ।

You might also like

Comments are closed.