‘सहकारीहरु उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ’

सुरेन्द्र मणि पौडेल
बोर्ड मेम्बर
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.

कास्की जिल्लामा बहुउद्देश्यीय सहकारी संस्थाको अवस्था कस्तो छ ?
कास्की जिल्लामा बहुउद्देश्यीय सहकारी संस्था २१ वटा छन् । अन्य स्थान भन्दा कास्कीमा बहुउद्देश्यीय सहकारीको अवस्था राम्रो छ । कृषि लगायत विभिन्न क्षेत्रमा सहकारीले काम गरिरहेका छन् । अहिलेको ऐनले पनि सहकारी संस्था व्यवसायमा जानुपर्छ भन्ने कुरा समेटेको छ । बहुउद्देश्यीय संस्था भइसकेपछि बचत तथा ऋणमा मात्र सीमित हुनु हुँदैन । केही न केही काम गरौं भन्ने हाम्रो उद्देश्य हो । राज्यको माग पनि सहकारी संस्था बहुउद्देश्यमा नै जानुपर्छ भन्ने छ । सहकारी उत्पादनशील क्षेत्रमा आउनु आवश्यक छ । बहुउद्देश्यीय सहकारीका सम्भावना धेरै छन् । विभिन्न क्षेत्रलाई समेटेर काम गर्न सकिन्छ ।

बहुउद्देश्यीय सहकारी संस्थाले के कस्ता काम गरिरहेका छन् ?
संस्थाको नाम बहुउद्देश्यीय राख्ने तर काम चाही बचत तथा ऋणको मात्र गर्ने परिपाटी पनि छ । केही सहकारी संस्थाले कृषि व्यवसायमा आधारित रहेर माछापालन, भैंसीपालन, बाख्रापालन, तथा जुस उत्पादन गरिरहेका छन् । पर्यटन, जलविद्युत तर्फ पनि लगानी गर्नु आवश्यक छ । कतिपय बचत तथा ऋण सहकारीले पनि व्यावसायिक काम गरिरहेका छन् ।

नेपालको सहकारी अभियानलाई कसरी हेर्नुभएको छ ?
अहिले नेपालको सहकारी अभियान सकारात्मक छ । राज्यलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ सहकारीले काम गरिरहेका छन् । राज्यले पनि यस क्षेत्रलाई प्राथमिकतामा राख्नु आवश्यक छ । कृषिमा व्यवसाय प्रवद्र्धनको लागि सहकारी लागेका छन् । कृषि व्यवसाय सहकारी कै पाटो हो कि भन्ने बुझाई जनमानसमा परेको छ ।

कास्कीमा बहुउद्देश्यीय सहकारीको संघ बनाउने तयारी हो ?
कास्कीमा बहुउद्देश्यीय सहकारीको छुट्टै संघ बनाउने तयारीमा छौं । पारदर्शी तरिकाले हामी यसलाई अगाडि बढाउनेछौं । संस्थागत हकहितका लागि संस्थाको आवश्यकता महसुस भएको छ । उद्देश्य अनुसार संस्थाहरुलाई बढाउन पनि संघले अभिभावकीय भूमिका खेल्नेछ ।

You might also like

Comments are closed.