सहकारी दिवसमा सरसफाई

पोखरा, १९ चैत ।

आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि.ले “दिगो शान्ती र लक्ष्य प्राप्तीका लागी सहकारी भन्ने मुल उदघोषका साथ सामाजिक उत्तरदायीत्वको क्षेत्रमा सप्ताहा ब्यापी कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

कार्यक्रमहरु सहकारीमा सदस्यहरुको जिम्मेवारी, अन्र्तरक्रीया वातावरण, सरसफाई, प्रचार प्रसार ,माईकीङ गरी पोखरा लेखनाथ महानगरपालीका वडा नं. ८ र ९ पृथ्वीचोक देखी हर्कचोक सम्मको दोहोरो सार्वजनीक सडक पेटीमा छरीएका फोहोरको उचित ब्यबस्थापन गरी फोहोरको गाडिमा उठाइएको छ । सरसफाई कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

संस्थाको वातावरण सरसफाईमा आम नागरीकहरुको उपस्थित हुनु सफा राख्नु पर्ने सन्देश मुलक सूचना प्रवाह गरी आम नागरीकहरुलाई सचेत ,जिम्मेवार बन्न आग्रह गर्दै माईकीङ समेत गरेको हो । कार्यक्रमलाई निरन्तरता दिदै संस्थाकै पहलमा उक्त क्षेत्रमा केही महिना पछि यो एरीयालाई वाताबरण सरसफाईयुक्त क्षेत्र घोषणा गर्ने भएको हुदा पृथ्वीचोक देखी हर्कचोक सम्मको एरीयालाई आम उपभोक्ताहरुको सहभागीता जुटाएर पूर्ण जिम्मेवारी वहन गर्ने सुनिश्चितता कायम गर्न सरोकारवालाहरुको प्रतिवद्धतामा हस्ताक्षर गर्दै संस्था अव केही महिनामै आफ्नै भवन पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८ मा सर्ने र आफ्नै भवन बाट सेवा उपलब्ध गराउने संस्थाका संस्थापक अध्यक्ष इन्दिरा पौडेलले जानकारी दिईन् ।

You might also like

Comments are closed.