आर्थिक आवाज
पोखरा, ४ चैत । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सहकारी नियमावलि मस्यौदा सम्वन्धमा सरोकारवालासँग छलफल, अन्तरक्र्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको अध्यक्षता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले सहकारीहरु नीति नियम अनुसार सञ्चालन हुनुपर्ने बताए । कार्यक्रममा सहकारी नियमावलीको मस्यौदा माथि व्यापक छलफल भएको छ । सहकारी संचालनको लागि नियमावली पूर्ण हनुपर्ने र सहकारी सञ्चालनमा बाधा व्यवधान नआओस् भन्ने सहकारीकर्मीको धारणा छ ।
कार्यक्रममा गण्डकी प्रदेशमा रहेका सहकारीका प्रतिनिधी तथा सहकारीकर्मीको उपस्थिती थियो । गण्डकी प्रदेशका सांसद प्रभा कोइराला, मधु अधिकारी, रामजी बराल, चन्द्रबहादुर बुढा, विधान समिति सभापति मोहन रेग्मी लगायतको उपस्थिति थियो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव बद्रीनाथ अधिकारीले नियमावली प्रस्तुत गरेका थिए ।
Comments are closed.