सहकारी संघका नवनिर्वाचित नेतृत्वलाई माछापुच्छ्रेको स्वागत तथा बधाई

पोखरा, १८ माघ । माछापुच्छ्रे सहकारी संस्था लिमिटेड पोखराले जिल्ला सहकारी संघ कास्कीको नवनिर्वाचित टोलीलाई बधाई ज्ञापन गरेको छ । संघको ४४औं साधारणसभाबाट निर्वाचित अध्यक्ष कुशुमकेशव पराजुली सहित संघका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा बधाई कार्यक्रम गरिएको हो ।

सहकारीका अध्यक्ष कुशुमकेशव पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष रविरमण तिवारी, वरिष्ठ उपाध्यक्ष बलराम गौतम, राष्ट्रिय प्रतिनिधि तेजनारायण अधिकारी, महिला उपाध्यक्ष सावित्रा कोइराला लगायतले बोलेका थिए ।

संस्थाका बारेमा सहकारीका कोषाध्यक्ष पुष्पराज पराजुलीले जानकारी गराएका थिए । कार्यक्रममा डा. पद्मराज लामिछाने, सहकारीका उपाध्यक्ष वीरबहादुर कार्की, शिक्षा उपसमिति संयोजक तोयानाथ लामिछाने, सदस्य हेडम्बराज पराजुली, वर्षाकेशव पराजुली लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.