सहकारी सचेतना एवं वार्षिक समीक्षा सम्पन्न

 

पोखरा, ३ भदौ ।

सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी ऐन, नियम सम्बन्धी २ दिने प्रशिक्षण तथा समीक्षा सम्पन्न गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सहकारी मन्त्रालयका प्रमुख बद्रीनाथ अधिकारीले सहकारी अभियानले समग्र आर्थिक सामाजिक कार्यमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारी ऐन नियमले तोकेको मापदड नियम पालना गरेका सहकारी स्थापित सहकारी हुनसक्ने हुँदा सहकारी संचालनहरु ऐन नियमको अध्ययन गर्नुपर्ने बताए ।

२०६३ सालमा स्थापना भएको सहकारीले सुरुवातदेखि रेडियो सराङ्कोट संचालन र बहुउद्देश्यीयको र्मत अनुसार बचत तथा ऋण कारोवार मार्फत २४ करोड ऋण लगानी, ४ करोड ५० लाख शेयर पुँजी सहित ३४ करोडको कारोवार गरेको सचिव कृष्ण थापाले बताए ।

संस्थाले बहुउद्देश्यीय प्रयोजनको लागि न्यूरोडमा थप भवन निर्माण गर्दै आएको छ । कार्यक्रममा कर्मचारी व्यवस्थापन बारेमा रेडियो सराङकोटका निर्देशक रमेश कुमार थापा, व्यवस्थपान सम्बन्धमा रेडियोका निर्देशक चिन्तामणि बास्तोला, भवन निर्माण सम्बन्धमा समितिका सदस्य ई.सुरेन्द्र पाण्डेले जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थागत वस्तुगत प्रतिवेदन व्यवस्थापक सुरेन्द्र थापा, कोषाध्यक्ष मिन बहादुर अधिकारीले आर्थिक प्रतिवेदन र सचिव कृष्ण थापाले संस्थागत वार्षिक एवं प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।

संस्थागत रुपमा दिगो सवल सहकारी रुपमा अगाडि बढाउने उद्देश्यले संचालक समिति र कर्मचारी बीच भएको कार्यक्रममा सल्लाहकार इन्द्रकमल मानन्धर, उपाध्यक्ष बसन्त बहादुर बानिया, शिक्षा संयोजक विकल पौडेल, संचालक सदस्य कुल प्रसाद सुवेदी, ऋण समिति संयोजक रामचन्द्र थापा, रेडियोका समाचार प्रमुख कमल पौडेल अथक लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.