सहज ट्रेड सहकारीले गर्यो राहत वितरण

पोखरा
सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाले राहत वितरण गरेको छ । पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराजा लामिछानेको समन्वयमा राहत वितरण गरिएको सहकारीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।

महानगरपालिका ९ स्थित बसपार्क एरिया को शुभकामना टोलका २५ घर र साहारा टोलका २१ सहित ४६ परिवार लाई राहत वितरण गरिएको सहकारीका सचिव चिन्तामणी बास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.