सहारा क्लवलाई एन्फा उपाध्यक्ष थापाको सहयोग

पोखरा, २८ साउन ।

सहारा क्लब पोखराले संचालन गरिरहेको सहारा एकेडेमीका लागि एन्फा उपाध्यक्ष थापाले सहयोग गरेका छन् । एन्फा उपाध्यक्ष थापाले एन्फाका पदाधिकारीलाई एन्फा मार्फत आफूलाई प्राप्त भएका बल सहारा एकेडेमीलाई समेत प्रदान गरेका हुन् ।

सहारा क्लबका अध्यक्ष केशब थापा तथा पदाधिकारीलाई बल प्रदान गर्दै उपाध्यक्ष थापाले एन्फाको मुल उद्धेश्य नै ग्रास रुट फुटबललाई दिगो बनाउनु रहेको वताउँदै भने–‘फिफा र एफसीको नियम अनुसारनै एन्फाले ‘ग्रास रुट लेभल’ को फुटबल मार्फत खेलाडी उत्पादन गर्ने कार्यक्रम अघि सारेका छौं’ उनले भने–‘भविष्यमा यसले नेपाली फुटबललाई माथी उठाउने छ ।’

उनले आफूलाई प्राप्त बलहरु कास्की जिल्ला फुटबल संघद्वारा संचालित एन्फा एकेडेमी र हेमजा स्थित विष्णु पादुका फुटबल एकेडेमीलाई समेत प्रदान गरे । एन्फा उपाध्यक्ष थापाले करिब १५ थान बलहरु तिन वटा एकेडेमीलाई प्रदान गरेका हुन ।

You might also like

Comments are closed.