सहिद निर्मल रानाभाटको स्मृतिमा स्मारक भवन बन्दै

पुस ३,तनहुँ।
व्यास १ भादगाँउ स्थित सहिद निर्मल रानाभाटको स्मृतिमा निर्मल स्मारक बहुउद्देश्यीय भवन निर्माण सुरु गरिएको छ । वि.सं. २०२५सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सार्ने क्रममा भएको झडपमा सहादत प्राप्त गरेका रानाभाटको सम्झनामा स्मारक बनाउन लागिएको हो ।

भवन निर्माणको लागी विज्ञानचौरमा सहिद रानाभाटकै नाम १४लाखमा ४ आना जग्गा खरिद गरी निर्माण थालिएको निर्मल रानाभाट सृजनशील समाजका अध्यक्ष सुव.बलबहादुर रानाभाटले जानकारी दिए । १८ लाखको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।

स्मारक बहुउद्देश्यीय भवनको लागी व्यास नगरपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको रानाभाटले बताए । त्यस्तै तिहारमा देउसी भैलो खेलेर १ लाख ३५ रुपैयाँ संकलन गरेको समितिले जनाएको छ । निर्माण सम्पन्न गर्न लाग्ने बाकीँ रकम विभिन्न व्यक्ती तथा संघसंस्थाबाट सहयोगको अपिल गरिएको रानाभाटले बताए ।

भवन निर्माणका लागी प्रथम नगरप्रमुख तारा प्रसाद श्रेष्ठले रु.१५ हजार सहयोग गरेका छन् । सो रकम श्रेष्ठले भवन निर्माण समितिका अध्यक्ष बल बहादुर रानाभाटलाई हस्तान्तरण गरेका हुन् ।

You might also like

Comments are closed.