साँगे पतेनी जल उपभोक्ता समितिमा ढकाल

तनहुँ,२७ माघ
साँगे पतेनी जल उपभोक्ता समितिको अध्यक्षमा सुर्यप्रसाद ढकाल निर्वाचित भएका छन । समितिको सातौँ अधिवेशनबाट ढकाल अध्यक्षमा निवार्चित भएका हुन् । त्यस्तै समितिको उपाध्यक्ष अन्जनराज न्यौपाने ,सचिब बिश्बराज खनाल, कोषाध्यक्ष सबिना अधिकारी र सहसचिब रामहरि पन्डितलाई निवार्चित भएका छन् । त्यस्तै समितिको सदस्य हरिमाया बगाले,राममाया सुनार हरेराम श्रेष्ठ ,शंकर अधिकारी निर्वाचित भएका छन्

यस अघि कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने बाढी पहिरो को जोखिमका कारण नहरमा उपभोक्ताहरुले स्याउला,माटो र प्लाष्टिकका बोरा कोचिरहनपर्नेे बाध्यता रहेका भएपनि बिगतको जस्तो सास्ती नहुने बताए । विभिन्न जोखिमयुक्त ठाउहरुमा पक्कि पि,सि,सि ढलान भैरहेको र निर्माणधीन नहरलाई पुरा गर्न आफनो कार्यकालमा जुनसुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समितिका अध्यक्ष सत्य प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिचाई डिभिजन कार्यलयका प्रतिनिधि शंकर श्रेष्ठ ,ब्यास ५का वडा सदस्य सुन्दर वाग्ले,नेपाली कांग्रेस व्यास५ का वडा सभापति यज्ञप्रसाद खनाल, समाजसेवीहरु रबिचन्द्र वग्ले, शिबराज अधिकारी ,बिश्वमित्र पन्डित,अम्बिका पन्डित,रबिचन्द आचार्य लगायतले आ–आफनो धारणा राखेका थिए ।

बि.स.२०२४सालमा स्थापना भएको ९किलोमिटर लामो र दश ईस्केप ढोकाहरु रहेको नहरबाट साँगे पतेनी क्षेत्रका १० हजार ५ सय ५० जना उपभोक्ताहरु लाभान्वित हुदैँ आएका छन् । उक्त नहरका लागि शयाम्धादेखि सेतोपहरा,सेतो पहरादेखि सेराठुलो धुम्तीसोही स्थानबाट पतेनीटारसम्मको क्षेत्र विभाजन गरिएको छ ।

You might also like

Comments are closed.