साँग्रिलाको वार्षिकोत्सवमा पोखरामा रक्तदान, १४२ युनिट रगत संकलन

आर्थिक आवाज
पोखरा, १४ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा क्षेत्रीय कार्यालय पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १४औं वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजित रक्तदानमा १ सय ४२ जनाले रक्तदान गरेको क्षेत्रीय प्रवन्धक दीपेन्द्र सुवेदीले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको सुवेदीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी तथा सर्वसाधरणले रक्तदान गरेका थिए ।

बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले समेत पोखरामा नै आएर रक्तदान गरेका थिए ।

पोखरा सहित बैंकले केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौ तथा अन्य कार्यालयहरुमा रक्तदान कार्यक्रम गरेको थियो । केन्द्रीय कार्यालयमा ४५ जनाले, नेपालगञ्जमा ८८ जनाले, नारायणगढमा २१ जनाले र बुुटवलमा ३० जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...