साँग्रिला डेभलपमेन्ट बैंक १५ औं वर्षमा

आर्थिक आवाज
पोखरा, १४ कात्तिक । काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं वर्ष पुरा गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिगतका वर्षहरुमा जस्तै रक्तदान गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय काठमाडौंसहित कलष्टर कार्यालयहरु पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा रक्तदान गरेको हो । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी र कर्मचारीहरुले रक्तदान गरेका थिए । केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुुटवलमा ३० प्वाइन्ट गरि कुल ३ सय २६ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए । पोखरामा आयोजित रक्तदान कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको क्षेत्रीय प्रवन्धक दीपेन्द्र सुवेदीले जानकारी दिए ।

मुुलुुकभर सातवटै प्रदेशमा गरी ६८ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले १८ वटा ए.टी.एम. तथा ५ शाखाहरुबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाइबाट लघुुबित्त सेवा समेत प्रवाह गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.