साँग्रिला बैैंकको शाखा दैलेखको राकममा

पोखरा, २२ पुस

साँग्रिला डेभलपमेन्ट बैंकले दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ राकममा नयाँ शाखा संचालन गरेको छ । बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले आईतवार संयुुक्त रुपमा शाखा समुद्घाटन गरेका हुन् ।

हालसम्म उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाको उपस्थिती नरहेकोले मेयर खड्गराज उपाध्यायले बैंकसंग सहकार्य गर्दै स्थानीय स्तरमा बैंकिङ सेवा पु¥याउन बैंकलाई सक्दो सहयोग गर्ने बताए । सोही अवसरमा उपमेयर दीपा बोहरा तथा वडा नं. ४ र १२ का अध्यक्षहरु तथा ग्राकहका तर्फबाट स्थानीय व्यापारी राम बहादुर कठायत लगायतले बोलेका थिए ।

हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ सेवा प्रदान गर्दै आई रहेको बैकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

You might also like

Comments are closed.