आर्थिक आवाज
पोखरा, १२ माघ । साँघुमुख महेन्द्रपुल बजार समितिको अध्यक्षमा सूर्यराज त्रिपाठी निर्वाचित भएका छन् । शनिबार सम्पन्न साधारणसभा तथा चौथो अधिवेशनले त्रिपाठीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना, सचिवमा नवराज कोइराला, कोषाध्यक्षमा गणेश गोदार, सहसचिवमा दीपेन्द्र चालिसे छन् । सदस्यमा नारायण बास्तोला, श्रीराम गौतम, श्रीकृष्ण रानाभाट, विष्णुदेवि अधिकारी र हरिकृष्ण भट्टराई छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले व्यावसायिक हकहितका लागि व्यवसायीहरुबीच एकता हुनुपर्ने बताए । संस्थाका अध्यक्ष रामेश्वर अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन शत्रमा विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पोखरा वडा नं. ९ का अध्यक्ष रामराज अधिकारी, वडा नं. ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजू लगायतले बोलेका थिए ।
Comments are closed.