सांग्रिला डेभलपमेन्ट बैंकको १४औं साधारणसभा

आर्थिक आवाज
पोखरा, ३० पुस । सांग्रिला डेभलपमेन्ट बैंकको १४औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिबेदन पारित गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०७४÷७५ को खुद मुनाफा मध्येबाट चुक्ता पुँजीको ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस कर सहित बितरण गर्ने साधारणसभाबाट पारित भएको विज्ञप्तिमा उल्लेख छ । सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय हुने प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

साधारण सभाका अवसरमा संस्थापक समूह तथा सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचनमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अच्युत प्रसाद प्रसाई, शान्तराज बतास र सुशीलकाजी बाँनिया तथा सर्वसाधारण शेयरधनीको तर्फबाट गंगासागर ढकाल, सुमन कुमार श्रेष्ठ र रबिना शेरचन निर्बिरोध निर्वाचित भएका छन् । नवनिर्वाचित संचालक समितिको बैठकले अच्युत प्रसाद प्रसाईलाई आगामी कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले जानकारी दिए ।

हाल ७७ वटा शाखा संजाल रहेको बैंकको काठमाडौ उपत्यकामा थप पांचवटा शाखाहरु पेप्सीकोला, टोखा, नयांबानेश्वर, सानेपा, र ठीमी भक्तपुुर सहित विकट हिमाली दुुर्गम जिल्ला हुुम्लाको सिमीकोट, त्यस्तै बयलबास, जितपुुर, धरान र लाहान गरि १० वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति प्राप्त भई निकट भविष्यमा संचालन हुुने क्रममा छ । सो पश्चात बैंकको शाखा सञ्जाल ८७ पुुग्नेछ ।

आफ्नो २३ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको बैंकले भिसा डेबिड कार्ड संचालनमा ल्याइसकेको छ । एपोलो हस्पिटल, नयाँ दिल्ली इण्डियासँग सम्झौता गरी बैंकका भिजा कार्ड प्रयोगकर्ता ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिंदा उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुुट पाउने छन् ।

You might also like

Comments are closed.