सांग्रिला डेभलपमेन्ट बैैंकको थप दुुई शाखा पोखरामा

पोखरा, २२ असार ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखा विस्तार गरेको छ ।

तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुुरुङले गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री गुुरुङले प्रदेश नं. ४ पर्यटन ब्यवसायको लागि प्रचुुर सम्भावना बोकेको प्रदेश रहेकोले देशकै आर्थिक समृद्धिको मेरुदण्डको रुपमा विकास गर्न यसमा निजी क्षेत्र लगायत बैंक तथा बित्तीय संस्थाहरुले अहम भुुमिका निभाउनुु पर्ने बताए ।

लेकसाईड शाखाको प्रदेश नं. ४ का माननीय सभामुुख नेत्रनाथ अधिकारीले गरेका थिए । बैंकको प्रगतीको कामना गर्दै बैंकले शाखा सञ्जाल शहरी क्षेत्रमा मात्र केन्द्रीत नगरी बिभिन्न ग्रामिण क्षेत्रहरुमा समेत बिस्तार गरि आम जनतालाई बैकि¨ सुुबिधा प्रदान गरेकोमा बैंकको प्रशंसा गरे ।

बैंकको कुल शाखा संख्या ५२ पुगेको छ भने अन्य ३ वटा शाखाहरु केही दिनमै संचालनमा आउने प्रक्रियामा रहेका छन् । देशभर शाखा संजाल स्थापना गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठ , संचालक शिव मल्ल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल लगायतले बैकको बित्तिय अवस्था र बैकले प्रदान गरिरहेको सेवा सुबिधाका बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बैकका संचालकहरु, पोखराका उधोगी, ब्यबसायी, बैकर, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती थियो ।

You might also like

Comments are closed.