सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं

आर्थिक आवाज
काठमाडौं, ३० पुस । सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा अच्युत प्रसाद प्रसाईं चयन भएका छन् । बैंकको सोमबार सम्पन्न १४औं साधारणसभाबाट सर्वसम्मत निर्वाचित सञ्चालक समितिको बैठकले आगामी कार्यकालका लागि प्रसाईंलाई अध्यक्ष चयन गरेको हो ।

साधारणसभाका अवसरमा संस्थापक समूह तथा सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३र३ जना संचालकहरुको निर्वाचन भएको थियो ।

संस्थापक शेयरधनीको तर्फबाट अच्युत प्रसाद प्रसाई, शान्तराज बतास र सुशीलकाजी बाँनियाले प्रतिनिधित्व गरेका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट गंगासागर ढकाल, सुमन कुमार श्रेष्ठ र रबिना शेरचनले प्रतिनिधित्व गरेका छन् । नवनिर्वाचित संचालक समितिको बैठकले प्रसाईंलाई आगामी कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.