सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्धारा शपथ ग्रहण

पोखरा, १ माघ
सांग्रिला डेभलपमेन्ट बैंकको हालै सम्पन्न चौंधौ बार्षिक साधारण सभाबाट निर्वाचित ६जना संचालकहरु मध्ये नव निर्वाचित संचालकहरुको २२४ औ बैंठकबाट सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका अच्युुतप्रसाद प्रसाईले माघ ०१ गते नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनीयताको शपथ लिनुु भएको छ ।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था बमोजिम प्रसाईले शपथ लिनुु भएको हो ।

नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको समुुपस्थितीमा अध्यक्ष प्रसाईले शपथ लिनुु भएको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

बालुवाटार काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैकले आ.ब. २०७५÷७६ को दोस्रो त्रैमासमा करिब रु. १८ अर्ब ५० करोड निक्षेप संकलन तथा रु. १६ अर्ब ७५ करोड कर्जा प्रवाह गरि करिब रु.२९ करोड ५० लाख संचालन मुुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

You might also like

Comments are closed.