सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बिस्केट जात्रामा निःशुल्क पानी वितरण

आर्थिक आवाज
पोखरा, २ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंक शाखा कार्यालय ठिमीले भक्तपुरको बोडे वडा नं. ७ मा बिस्केट जात्रा अन्तर्गत जिब्रो छेडने पर्वको अवसरमा निःशुल्क खानेपानी वितरण गरेको छ । सो अवसरमा बैंकको ठिमी शाखाका कर्मचारीहरुले सो पर्व मनाउन आउने वटुवाहरुलाई गर्मीको मौसममा खानेपानी वितरण गरि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् ।

८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकि¨ सेवा प्रदान गर्दै आएको यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले भविष्यमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम तथा सहयोग वितरण गर्दै जाने जनाइएको छ ।

You might also like

Comments are closed.