सांग्रिला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांस दिने 

पोखरा, ११ बैशाख ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई  ११.८०५ लाभांस वितरण गर्ने भएको छ । गत आ.ब.२०७३÷७४ को नाफा नोक्सान हिसाब बांडफांड तथा अन्य वितरण योग्य कोष मध्येबाट आफ्ना शेयरधनीहरुलाई विकास बैंकको कायम रहेको १ अर्व ३५ करोड चुुक्ता पूूंजीमा बाहौ साधारण सभाबाट पारित दश बराबर आठ कित्ता (१०ः८) प्रति कित्ता रु. १०० दरको हकप्रद शेयर निष्काशन पश्चात चुुक्ता पूूंजी रु. २ अर्व ४४ करोडको २.५०५ बोनश शेयर तथा ९.३०५ नगद लाभांस बितरण गर्न लागेको हो ।

बैंकको   बैंशाख १० गते बसेको संचालक समितिको २०३ औं बैठकले निर्णय पारित गरि अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।   उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात बार्षिक साधारण सभाबाट पारित गरि वितरण गरिने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

बैंकले चालु आ.ब.२०७४÷७५ को चैत्र मसान्तसम्म रु. १४ अर्ब ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि रु. ३९ करोड ३९ लाख संचालन मुनाफा आर्जन गरेको छ भने निष्कृय कर्जा अनुपात ०.७० प्रतिशत छ । कुल ३६ वटा शाखा कार्यालय रहेको   विकास बैंकले चालुु आ.ब.मा सात वटै प्रदेशमा गरि थप २२ वटा शाखाहरु संचालन गर्न नेपाल राष्ट्रबाट स्वीकृति प्राप्त गरेकोमा हालसम्म ४ वटा शाखाहरु संचालनमा आईसकेको तथा अन्य शाखाहरु समेत निकट भविष्यमै संचालनमा ल्याउने  नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

 

 

 

 

 

You might also like

Comments are closed.