सांग्रिला बैंकको छेपेटार शाखा र एटीएम सेवाको समुदघाटन

पोखरा, १७ फागुन ।

काठमाडौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेण्ट बैंकले गोरखाको छेपेटारमा शाखा बिस्तार गरेको छ । बैकका अध्यक्ष प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठ तथा सिरानचोक गाउँपालिका, गोरखाका प्रमुख एवं साविकको कसमस डेभलपमेन्ट बैंक लि.का पूर्व संचालक राजु गुरुङले एक समारोह बिच उक्त शाखाको समुदघाटन गरेका हुन ।

छेपेटार क्षेत्रका बासिन्दालाई आधुनिक बित्तिय सेवा प्रदान गर्न बैंकको छेपेटार गोरखा स्थित एक्सटेन्सन काउण्टरको स्तरोन्नति गरी शाखा कार्यालयको रुपमा बिस्तार गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौंडेलले बताए ।

त्यसैगरी बैकले थकाली सेवा समाज, विनायक बस्ती, बालाजु, काठमाण्डौमा एटीएम सेवाको सुभारम्भ गरेको छ ।
प्रतिनिधि सभाका सांसद माननीय प्रेमप्रसाद तुलाचन तथा बैंकका अध्यक्ष प्रा. डा रविन्द्र प्रसाद श्रेष्ठले सयुक्त रुपमा एटीएम मेशिनको उदघाटन गरेका हुन ।

निकट भविष्यमा नै संचालनमा आउन लागेको वनस्थली, काठमाण्डौीस्थत यस विकास बैंकको शाखा कार्यालयको अधिनमा रहने गरि शुरु गरिएको उक्त ए.टी.एम. यस बैंकका ग्राहकर्वगहरुलाई सेवा प्रदान गर्नका साथै थकाली सेवा समाज तथा त्यस क्षेत्रका वासिन्दाहरुलाई ए.टी.एम. मार्फत वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले संचालनमा ल्याइएको बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

You might also like

Comments are closed.