सांग्रिला बैंकको नयाँ इन्टरनेट बैंकिङ सुविधा

पोखरा । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ सुविधा ल्याएको छ । पहिले भएको इन्टरनेट बैंकिङ सुविधामा थप सुविधा सहित थप सेवा विस्तार गरेको हो ।

बैंकले अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आइपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु सहित इन्टरनेट बैंकिङको शुरुवात गरेको छ । नयाँ सुविधा भएको इन्टरनेट बैंकिङबाट ग्राहकले इन्टरनेटको माध्यमबाट माथि यी सुविधाहरु उपयोग गर्न सक्ने छन् ।

बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यो सुविधाको थालनी गरेको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । यस अघि बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु मोबाइल बैंकिङ, लकर, एटिम, इन्टरनेट बैंकिङ, एबिबिस, रेमिटयान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.