सांग्रिला बैंकको हकप्रद शेयर बाँडफाँड

पोखरा, २७ चैत ।

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समुह तर्फको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्फको ५,०९,२२५.०० कित्ता गरि जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद शेयर बाडफाड गरेको छ ।

खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये संस्थापक समुह तर्फ रु. १०५।००तथा सर्वसाधारण समुह तर्पm रु. १४२।०० भन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको संस्थापक समुह तर्फरु. १०५।०० प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समुह तर्फ रु. १४२।०० प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामाशाहीमा बाँडफाँड गरिएको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

बाँडफाँड भएका संस्थापक समुह तर्फ ५७ जना आवेदकबाट प्राप्त ३,९२,७७२.५० कित्ता शेयर बापत रु. ४,२०,५५,४०१।०० तथा सर्वसाधारण समुह तर्फ ३५३ जना आवेदकबाट प्राप्त ५,०९,२२५.०० कित्ता शेयर बापत रु. ७,४७,९२,०२८।२० गरि जम्मा रु. ११,६८,४७,४२९।२० मध्ये बाट संस्थापक समुहतर्फ रु. २७,७८,१५१।०० तथा सर्वसाधारण समुह रु. २,३८,६९,५२८।२० गरि जम्मा रु. २,६६,४७,६७९।२० शेयर प्रिमियम खातामा जम्मा हुने जनाइएको छ । यो शेयर बाँडफाँड पश्चात बैंकको शेयर पूँजी रु. २ अर्ब ५० करोड पुग्ने नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

You might also like

Comments are closed.