सांग्रिला बैंकद्धारा जारी कागजात बिद्युुतीय प्रणालीमा

पोखरा, १९ बैशाख ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई छिटो छरितो र आधुुनिक बैकिङ सेवा तथा सुुविधा प्रदान गर्दै आईरहेकोमा हाल यस विकास बैंकबाट जारी गरिएका बैक ब्यालेन्स सर्टिफिकेट जस्ता कागजातहरुको सम्बन्धित संस्था तथा ब्यक्तीहरुले सिधै बिद्युुतीय प्रणालीको माध्यामबाट विकास बैंकको वेवसाइट डब्लु डब्लु डब्लु.साँग्रिला बैक .कम मा लग ईन गरि अनलाईन भ्यालिडेसन बाट यस बैंकबाट जारी गरेका कागजातहरुमा रहेको भ्यालिडेसन कोड नम्बरको प्रयोग गरि उक्त कागजातहरुको बैद्यताको बारेमा रुजुु गर्न सकिने सिष्टममा ब्यवस्था शुुरु गरेको बताइएको छ ।

यस प्रकारको विद्युुतीय प्रणालीको प्रयोगबाट सम्बन्धीत ब्यक्ति तथा संस्थाहरुले आफनो कागजातको बैद्यता सम्बन्धीे जानकारी बिना झन्झट सिधै प्राप्त गर्नुुको साथै विश्वासनीय एवं भरपर्दौ समेत हुुने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

हाल २ अर्व ४४ करोड चुुक्ता पूूंजी रहेको यस विकास बैंकले चालु आ.ब.२०७४÷७५ को चैत्र मसान्तसम्म रु. १४ अर्ब ७६ करोड निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि रु. ३९ करोड ३९ लाख संचालन मुनाफा आर्जन गरेको छ । कुल ३६ वटा शाखा कार्यालय रहेको यस विकास बैंकले चालुु आ.ब.मा सातवटै प्रदेशमा गरि थप २२ वटा शाखाहरु संचालन गर्न नेपाल राष्ट्रबाट स्वीकृति प्राप्त गरेकोमा हालसम्म ४ वटा शाखाहरु संचालनमा आईसकेको तथा अन्य शाखाहरु समेत निकट भविष्यमै संचलनमा ल्याउने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.