सांग्रिला बैंकद्वारा कम्प्युटर सहयोग

पोखरा, २२ फागुन
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौ, पेप्सीकोला स्थित उर्जाशिल अपाङग सशक्तिकरण केन्दलाई १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई १ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

यसबाट देशमा विद्यमान शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई पनि सूचना प्रविधिको पहुँचमा सहयोग पुग्नेछ । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त बेला बेलामा आफ्नो देशमा विद्यमान ८१ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

 

You might also like

Comments are closed.