सांग्रिला बैंकद्वारा भद्रकाली मन्दिर परिषरमा सरसफाई

आर्थिक आवाज
पोखरा । सांग्रिला बैंक लिमिटेडको आयोजनामा पोखराको धार्मिक क्षेत्र भद्रकाली मन्दिर पषिरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । चौंथो संविधान दिवसको अवसर पारेर बैंकको क्षेत्रीय कार्यालय पोखराको आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य अनुसार कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रवन्धक दीपेन्द्र सुवेदीले जानकारी दिए । ‘हामीले समय समयमा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’

सरसफाई कार्यक्रममा बैंकका पोखरा क्षेत्रका विभिन्न शाखाबाट ७५ जनाको सहभागिता रहेको थियो । मन्दिर व्यवस्थापन समितिका सचिव योगेन्द्र श्रेष्ठले मन्दिरको धार्मिक महत्वका बारेमा प्रकाश पारेका थिए । देशभर ८७ वटा शाखाबाट बैंकले बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.