सांग्रिला बैंक र एशियन लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सम्झौता

पोखरा, १० माघ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एशियन लाइफ ईन्स्योरेन्स कम्पनी लि. बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त ईन्स्योरेन्स कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

उक्त ईन्स्योरेन्स कम्पनीबाट सम्झौता अनुुसार यस बैंकका कर्मचारी, शेयरधनी समुुह र ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ ईन्स्योरेन्स कम्पनी लि.ले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन् ।

यसरी बैंकले आफ्ना सबै शाखाहरुबाट बैंकि¨ सेवाको अतिरीक्त उक्त लाईफ ईन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टहरुलाई यथाशिघ्र सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको जनाइएको छ ।

You might also like

Comments are closed.