सांग्रिला बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य–उपचार सम्झौता

आर्थिक आवाज
पोखरा । सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाको भिसा डेविट कार्ड प्रयोगकर्ता ग्राहकहरुले नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन् । बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ सेवाको अतिरिक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिलाई सहयोग गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

You might also like

Comments are closed.