सांग्रिला बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सम्झौता

पोखरा, २७ बैशाख ।

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभुु लाइफ ईन्स्योरेन्स बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक समेत आवद्ध रहेको उक्त ईन्स्योरेन्स कम्पनीबाट सम्झौता भए अनुुसार यस बैंकका कर्मचारी, शेयरधनी समुुह र ग्राहकहरुले बैंकको जुुन सुुकै शाखाबाट प्रभुु लाइफ ईन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन् । यसरी बैंकले आफ्ना सबै शाखाहरुबाट बैंकि¨ सेवाको अतिरीक्त लाईफ ईन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टहरुलाई विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको बैकका प्रमुुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...