सांग्रिला भिलेज रिसोर्टमा लाइभ कन्सर्ट हुँदै

आर्थिक आवाज/पोखरा

पोखरा, १३ पुस । पोखराको चर्चित मध्येको एक सांग्रीला भिलेज रिसोर्टमा न्यू इयर इभको दिन लाइभ कन्सर्ट आयोजना हुने भएको छ । पोखराको लोकल व्याण्डसहित सांस्कृतिक कार्यक्रम मध्यरातीसम्मै हुने सांग्रीला भिलेज रिसोर्टका रेसिडेन्ट म्यानेजर गुप्त गिरीले जानकारी दिए ।

आफूहरुले पोखरेली कलाकारलाई प्राथमिकता दिनुका साथै संस्कृति उजागरलाई प्राथमिकता दिनेगरेको उनको भनाई छ । न्यू इयर इभको स्पेसल भनेको गाला डिनर रहेको उनले बताए । गाला डिनरमा लाइभ स्न्याक्स, बार्बिकीलगायत हुने उनको भनाई छ । सँगसँगै वेलकम स्न्याक्स र डिनरपनि रहने उनले बताए । सांग्रीलाको लाइभ कन्सर्ट विथ कल्चरल प्रोग्राममा सहभागि हुनका लागि प्रति व्यक्ति ४ हजार रुपैयाँको टिकटदर तोकिएको गिरीले जानकारी दिए । टिकटमा डुअर प्राइज पनि रहेको उनले खुलाए ।

You might also like

Comments are closed.